सांसद साहलाई कारवाही नभए जनकपुरको सम्पूर्ण उडान बन्द गर्ने आयोनको चेतावनी

राजपाका सांसदद्वारा बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड

राजपाका सांसद प्रमोदकुमार साहको हर्कत र जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टर । तस्बिर : किरण

२७ असोज ०७६, जनकपुर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् ।

राजपाका सांसद प्रमोदकुमार साह जनकपुर विमानस्थलमा । तस्बिर : किरण

बुद्ध एयरको उडान ढिलाई भएको भन्दै सर्लाही–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहले जनकपुरस्थित बुद्ध एयरको चेकइन काउन्टर तोडफोड गरेका हुन् ।

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टर । तस्बिर : किरण

सांसद साहले सोमबार बिहान ११ः४० बजेको बुद्ध एयरको जहाज उडान ढिलाई भएपछि काउन्टरमा तोडफोड गरेको स्वीकार गरेका छन् । भने, साहले चेकइन काउन्टर तोडफोड गरेको बुद्ध एयरका जनकपुर प्रमुख विजय प्रसाद सिंहले जानकारी दिएका छन् ।

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टर । तस्बिर : किरण

यता, काउन्टर तोडफोड भएपछि बुद्ध एयरको व्यवस्थापन पक्षले साहलाई विमान प्रवेशमै रोक लगाएको थियो । तर, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको आग्रहमा साहले उडान भर्न पाएका थिए ।

सांसद साहमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम

निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुले जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साहमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

जनकपुरमा सोमबार भएको घटनाको छानबिन गरी सात दिनभित्र कारवाही गर्न वायुसेवा संचालक संघ (आयोन)ले अल्टिमेटम दिएको हो ।

आयोनले यदि सो समयावधिमा कुनै कारवाही नभए जनकपुरको सम्पूर्ण उडान बन्द गर्ने चेतावनी दिएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत