आईसीसी गर्‍यो, नेपाल-जिम्बाबे क्रिकेटको निलम्बन फुकुवा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०१६ मा निलम्बित नेपालको निलम्बन फुकुवा गरेको छ ।

सोमबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाबेको निलम्बन फुकुवाको निर्णय गरेको हो ।

आईसीसीले जारी गरेको वक्तव्यमा क्रिकेट संघलाई के के शर्त राखिएको छ भन्ने नखुलाइए पनि निलम्बनको निर्णय गर्दा क्रिकेट संघमा आर्थिक पारदर्शीता, सरकारी हस्तक्षेप लगायतका विषयमा कुरा उठेको बताइएको छ ।

क्रिकेट संघका एक सदस्यकाअनुसार क्रिकेट संघको व्यवस्थापन, आर्थिक पारदर्शीता लगायतका मुद्दालाई आईसीसीले शर्त बनाउन सक्ने बताएका छन् ।

आईसीसीको निर्णय स्वागतयोग्य भएको बताउँदै क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले आईसीसीसँग सहकार्य गरेर अघिबढ्ने बताएका छन् ।

आईसीसीले जिम्बाबेको पनि निलम्बन फुकुवा गरेको छ । अब उसले यू–१९ विश्वकप र २०२० पछि सुरु हुने आईसीसी सुपर लिगमा पनि भाग लिन पाउनेछ ।
यसैगरी बैठकले यू–१९ महिला विश्वकप आयोजना गर्ने निर्णय गरेको छ, जुन २०२१ मा बंगलादेशमा हुनेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत