नेपाली पर्वहरूका उपलक्ष्यमा नेकपाको चियापन कार्यक्रम भोलि

२८ असोज ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली चाड–पर्वहरूका उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गर्ने भएको छ ।

नेकपाले बुधबार प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा बडा दशैं, तिहार, नेपाल सम्वत् नववर्ष–११४०, छठलगायत पर्वहरूका उपलक्ष्यमा गरिने शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ ।

नेकपाका महासचिव विष्णु पौडेलले दिएको जानकारीअनुसार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट हस्ताक्षरित निमन्त्रणा–पत्र पठाइसकिएको छ भने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

महासचिव मंगलबार जारी गरेको विज्ञप्तिमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता साथै आम जनसमुदायलाई शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सरिक हुन आमन्त्रण गरिएको उल्लेख छ ।

यसैगरी अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री, सांसद, उच्च अधिकारीहरू, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख साथै सेवानिवृत्त उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत