ललितपुर कनिबाहालबाट लागूऔषधसहित ५ जना पक्राउ

२९ असोज ०७६, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका, ६ कनिबाहाल एरियामा अबैध लागु औषध कारोबार हुन्छ भन्ने गोप्य सुचनाको आधारमा अपराध शाखा जावलाखेलबाट प्रहरी निरीक्षक सुरज कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा प्रहरी टोलीले निगरानी गर्ने क्रममा सरोज कार्की र रूपेश कर्मचार्य शंकास्पद गतिबिधि गरिरहेको देखि निजहरूलाई निगरानि गर्दै जाँदा निजहरू सँग अन्य तीन जना सनम श्रेष्ठ, रंजित शाह र आषिस श्रेष्ठ समेत सम्पर्कमा आई लागु औषध कारोबारको डिल गरेको र निजहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा सरोज कार्की, रूपेश कर्मचार्य र सनम श्रेष्ठले लागु औषध कारोवारी रंजित शाह र आषिस श्रेष्ठ सँग खरिद गर्ने भन्ने खुल्न आएको हुँदा रंजित शाह र आषिस श्रेष्ठबाट लागु औषध लुकाईछिपाई राख्ने जितलाल कुमार शाहलाई समेत पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

प्रहरीले उनीहरुको साथबाट डाईजाल्याब १७९ पिस, नोरफिन १८६ पिस, फेनारगन २२० पिस, नगद ८३ हजार रुपैयाँसहित ६ थान मोबाईलसमेत बरामत गरेको प्रवक्ता सिंहले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत