चीन र भारतसँग सम्बन्ध थप सुदृढ भएको प्रचण्डको भनाई

५ कार्तिक ०७६, फिदिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन र भारतसँगको सम्बन्ध थप बिस्तारित र सुदृढ भएको बताएका छन् ।

नेकपा पाँचथरले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन फिदिम आइपुगेका अध्यक्ष प्रचण्डले मंगलबार पत्रकारसँग कुराकानी गर्दै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट दुई मुलुकको सम्बन्ध थप बिस्तारित र सुदृढ भएको बताएका हुन् ।

चिनियाँ राष्ट्रपतिले नेपालको विकासमा देखाएको तत्परताबाट नेपालले ठूलो फाइदा उठाउन सक्ने बताउँदै उनले भने, “चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याइएको छ ।”

नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालन सामान्य कुरा मात्र नभई सम्बन्धलाई नयाँ चरणमा पु¥याउने घटना भएको बताउँदै नेकपा र प्रतिपक्षी नेपाली काँग्रेसका नेताबीच सङ्क्र्रमणकालीन मुद्दा टुङ्ग््याउने विषयमा समझादारी भएको पनि बताए ।

अध्यक्ष प्रचण्डले द्वन्द्वकालीन घटनाका पीडितको सहमतिमै शान्ति प्रक्रियाको सबै काम टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत