संवैधानिक परिषदका निर्णयहरू सहमतिमै गरिनु पर्दछ – काँग्रेस

५ कार्तिक ०७६, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले संवैधानिक परिषदका निर्णयहरू सहमतिमै गरिनु पर्ने बताएको छ ।

मंगलबार बसेको प्रमुख विपक्षी दल काँंग्रेसको पदाधिकारी बैठकले परिषदका पछिल्ला निर्णयहरूको समीक्षा गर्दै यस्तो बताएको हो ।

सरकारले कतिपय निर्णयहरू विपक्षी दलको नेताको अनुपस्थितिमै गरेको भन्दै काँग्रेसले परिषद् गठनको मर्म विपरीत कार्य भइरहेको बताएको हो ।

सरकारले आफूले चाहेको मात्रै गर्ने हो भने परिषद् गठनको औचित्य नरहेको भन्दै एक दाधिकारीले भनेका छन्, ‘सरकारले जे चाहन्छ, त्यो मात्र निर्णय गर्ने भए संवैधानिक परिषद किन गठन गर्नुपथ्र्यो ? त्यसैले सहमतिका आधारमा निर्णयहरू गर्नुपर्छ ।’

ती पदाधिकारीले दिएको जानकारीअनुसार काँग्रेस सभापति शेरबहादुर देउवाले बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर पार्टीको आधिकारिक धारणा बताएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत