७ कार्तिक ०७६, काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।
अदालतले पहिलो पटक १३ दिन, दोस्रो पटक ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो भने यसपटक ७ दिनको म्याद दिएको हो ।
पूर्वसभामुख महरामाथि संसद सचिवायलकी एक कर्मचारीमाथि यौन दुव्यबहार गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
संसद सचिवायलमा कार्यरत रोशनी शाहीले असोज १२ मा आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । तर, शाहीले काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर महरा निर्दोष रहेको र प्रहरीले जर्बजस्ती बयान दिन बाध्य पारेको दाबीसहितको निवेदन दिएकी छन् ।