अध्यक्ष प्रचण्डसँग दूरी बढेको छैन् – प्रधानमन्त्री

 प्रधानमन्त्री १८औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किए

१०  कार्तिक ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १८औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकुमा भएको असंलग्न आन्दोलन राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको सम्मेलनमा सहभागी भई आज बिहान १० बजे स्वदेश फकिएका हुन् ।

अन्तर्राष्टिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई अतिविशिष्ट कक्षमा स्वागत गरिएको थियो । उनलाई स्वागत गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ र प्रधानमन्त्रीको दूरी बढेको चर्चा छ नि ! भनेर व्यक्त गरेको चासोलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भयो, यो भन्दाबाहेक दूरी बढेको छैन् ।’

बरु, सञ्चारकर्मीहरुको गणित नमिलेको भन्ने जवाफ दिँदै उनले दूरीको अवस्था र सम्भावना नरहेको प्रष्ट पारे ।

पछिल्ला समय केही मिडियामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच दूरी बढेको समाचारहरू आएका थिए ।

प्रधानमन्त्री ओली यही कार्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा भएको १८औँ शिखर सम्मेलन भाग लिन बाकु पुगेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत