नियमित चेकजाँचका लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

१३ कार्तिक ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेकजाँचका लागि ग्राण्डी अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली बुधबार बिहान नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए ।

उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिदैँ भने–‘नियमित चेकजाँचका लागि जानु भएको हो । स्वास्थ्यमा नयाँ समस्या उत्पन्न भएको छैन । स्वास्थ्य जाँचपछि फर्किनुहुन्छ ।’

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत