कपिलवस्तुमा मूर्ति विर्सजनमा विवाद, अनिश्चितकालिन कर्फ्यु जारी

१४ कार्तिक ०७६, रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिको कृष्णनगरमा स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ ।

लक्ष्मी पूजाको बिसर्जन गर्ने विषयमा बुधवार राति ८ बजेतिर दुई समूहबीचको विवादले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालिन कर्फ्यु जारी गरेको हो ।

मूर्ति विर्सजनका लागि जाने क्रममा अज्ञात समुहले ढुंगा हानेपछि दुई समुहबीच ढुंगा हानाहानसमेत भएको स्थानीय बताएका छन् । झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । तर, स्थानीय उल्टै उग्र भई प्रहरीतर्फ पनि ३ जना घाइते भएपछि गोली चलेको जनाइएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर  सुरज पाण्डेको मृत्यु भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत