मूर्ति बिसर्जनको विषयमा झडप हुँदा भारतीय नागरिकको मृत्यु

१४ कार्तिक ०७६, कपिलवस्तु । कृष्णनगर नगरपालिका–१ स्थित बढया पोखरीमा लक्ष्मीका मूर्तिहरु विसर्जन गर्ने क्रममा २ पक्षबीच विवाद भई झडप हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

बिहीबार बढया पोखरीमा लक्ष्मीका मूर्तिहरु विसर्जन गर्ने क्रममा २ पक्षबीच विवाद भई झडप हुँदा भारत घर भई  कृष्णनगर नगरपालिका–२ स्थित गोलघरमा चिया पसल गरी बस्ने  १८ वर्षीय सुरज पाण्डेको मृत्यु भएको हो ।

बिहीबार प्रदर्शनकारीले ट्राफिक प्रहरी बिट तोडफोड तथा आगजनी गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा हवाइ फायर हुँदा पाण्डेको मृत्यु भएको जनाएको छ ।

सो क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलतर्फ गरी ६ जना सुरक्षाकर्मी समेत घाइते भएका छन् । उनीहरुको शिवराज अस्पताल बहादुरगंज पठाइएको र अवस्था सामान्य रहेको छ ।

कृष्णनगर नगरपालिका वडा नम्बर १,२ र ३ का विभिन्न स्थानमा रहेका १३ वटा लक्ष्मीका मूर्तीहरु उक्त पोखरीमा बिसर्जन गर्न विगत वर्षमा झैं लैजाने क्रममा बुधबार दिउँसो रुट प्रयोग गर्न नदिएको विषयलाई लिएर कृष्ण नगरपालिका–२ स्थित बसपार्क चोकमा बुधबार साँझदेखि नै दुई पक्षबीच विवाद भएको थियो ।

बुधवार राति ८ बजेतिर दुई समूहबीचको विवादले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालिन कर्फ्यु जारी  गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत