सुदूरपश्चिमका राज्यमन्त्री रावलले दिए राजीनामा

२४ कार्तिक ०७६, काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।

आर्थिक अनियमितताको आरोप लागेका राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन् ।

महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको अभियोगमा जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको थियो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत