बंगलादेशका राष्ट्रपति हमिद नेपालमा

२६ कार्तिक ०७६, काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् ।

बंगलादेशी राष्ट्रपति तीन दशकपछि नेपाल भ्रमणमा आएका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

चार दिने औपचारिक भ्रमणका रहेका हमिदले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्ने जनाइएको छ ।

यस्तै, नेपाल बसाइका क्रममा राष्ट्रपति हमिदले उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र र पोखराको समेत भ्रमण गर्नेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत