२७ कार्तिक ०७६, काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलले बुधबार काठमाडौंको मेरियट होटलमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी थिए ।