आफ्नो जग्गा छिमेकीले दावी गर्दै खाली गर्न धम्की दिएपछि, ७० वर्षीय बृद्ध न्यायको खोजीमा

देवराम यादव । १ मंसिर ०७६, राजविराज । ७० वर्षीय बृद्ध न्यायको खोजीमा श्रम र परिश्रमबाट आर्जन गरेको जग्गा आफनै छिमेकीले आफनो भएको दावी गर्दै खाली गर्न धम्की दिन थालेपछि ७० वर्षीय बृद्ध न्यायको खोजीमा निस्केका छन् ।

न्यायको खोजीमा आफ्नो कागजात देखाउँदै बृद्ध ।

आफनो पिडाबारे गाउँ घरमा कतै कुनै सुनुवाई नभएपछि राजविराज छिन्नमस्ता गाउँपालिका ३ निवासी ७० वर्षीय रेशम साह जग्गाको प्रमाण पत्रसहित सञ्चारकर्मी तथा अधिकारकर्मीलाई न्यायका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

२०६४ सालमा सोही वडा कि फुलो दवी सुतिहार्नीसँग किता नं. ४६५ को ७ धुर जग्गा खरिद गरी सानो झोपडी बनाएर बस्दै आएको जग्गा १३ वर्ष पछि एक्कासी छिमेकी रामचन्द्र यादवले सो जग्गा आफनो भएका दावी गर्दै खाली गर्न दवाव र धम्की दिन थालेपछि आफु असुरक्षित भई न्याय खोज्दै यहाँसम्म आई पुगेको साहले बताए । उनले आफु असुरक्षित भएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीमा ३ साता अघि निवेदन दिएका थिए ।

न्यायका लागि वडाध्यक्ष मार्फत गाउँपालिका कार्यालयस्थित न्यायिक समितिमा उजुरी दिएपनि न्यायीक समितिले पनि हालसम्म कुनै पहल नगरेको उनको गुनासो छ । जग्गा धनी भएको सवै प्रमाण पत्र हुँदाहुँदै पनि आफनै जग्गामा सुरक्षित साथ बस्न नपाएको उनको गुनासो छ ।

यता रामचन्द्र यादवले साहले विगत १३ बर्षदेखि उपभोग गर्दै आएको जग्गा आफ्नो भएको दावी गर्र्दै साह बस्दै आएको जग्गा किता नं. ४६५ नभई किता नं. ६२२ भएको र सो जग्गा आफनो भएकाले खाली गर्न दवाव दिएको बताउछन् । साहको किता नं. ४६५ को जग्गा कहाँ छ त भन्ने प्रश्नमा उनले त्यो मलाई थाहा भएन उ आफनो जग्गा आफै पत्ता लगाओस ।

यसरी एउटै जग्गामा दुई जनाले आ–आफनो रहेको दावी गरिरहँदा पनि स्थानिय न्याय समिति र प्रशासनले चासो नदेखाउँदा दुई पक्षबीच तनाव बढदै गएपछि कुनै बेला पनि अप्रिय घटना हुन सक्ने सम्भावना रहेकोले वास्तविक जग्गा धनीको टुंगो लगाई अबिलम्ब समस्याको सामाधान गर्न स्थानियहरुले प्रहरी प्रशासनसँग माग गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत