कर्णाली प्रदेशमा कार्यरत कर्मचारीलाई वर्गीकरण गरी थप सेवा सुविधा दिइने

६ मंसिर ०७६, काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेश अन्तरगतका निकायमा काम गर्ने कर्मचारीलाई वर्गीकरण गर्ने तयारी गरिएको छ ।

शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा कर्मचारी बस्न नमान्ने भएकोले निश्चित मापदण्डका आधारमा क, ख, ग र घ बर्गमा वर्गीकरण गरी थप सेवा सुबिधा दिने तयारी सरकारले गरेको बताए ।

केही कर्मचारीहरुमा सक्छु भन्ने तर केही नगर्ने प्रवृत्ति रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनको अवस्थालाई मापदण्ड मानेर उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्ने योजनासमेत रहेको बताए ।

मुख्यन्त्री शाहीले मन्त्रालय मातहतका निर्देशनालय तथा जिल्ला कार्यालयका कर्मचारीहरुलाई योजना कार्यान्वयन र बजेट खर्चलाई तीव्रता दिन निर्देशन समेत दिए ।

  •  
  •  
  •  
  •  
  •