६ मंसिर ०७६, काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको कागजात पीडितले माग्दा मण्डलले कागज दिन आनाकानी गर्दै सेवाग्राहीसँग ५ लाख रकम माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई सेवाग्राहीबाट लिएको ५ लाख रुपैयासहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।