संस्कृतिविद् जगमान गुरुङ सम्मानित

६ मंसिर ०७६, कास्की । प्रा. डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानले इतिहास तथा संस्कृतिविद् जगमान गुरुङलाई सम्मान गरेको छ ।

अधिकारीको ७१ औं जन्मजयन्तीका अवसरमा प्रतिष्ठानले संस्कृतिविद् गुरुङलाई ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुरस्कार ग्रहण गर्दै उनले अधिकारी एक विज्ञान पृष्ठभूमिका इतिहासकार भएको बताउँदै अधिकारीले योगी नरहरिनाथले बटुलेका अधुरा इतिहास तथ्यका तथ्यहरु खोज अनुसन्धान गरी पुरा गरेको बताए ।

२००३ माघ २१ गते कास्की याङ्जाकोटमा जन्मिएका गुरुङ हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन् ।

  •  
  •  
  •  
  •  
  •