बजार अनुगमन गर्न सात सदस्यीय उपसमिति गठन

८ मंसिर ०७६, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमन गर्न समिति सदस्य नरबहादुर धामीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्न समिति सदस्य धामीको संयोजकत्वमा सात सदस्यीय उपभोक्ता हित अनुगमन उपसमिति गठन गरेको हो ।

समितिमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, प्रकाश रसाईली, लालप्रसाद साँवा लिम्बु, सुजाता परियार सदस्य छन् ।  एकजना सदस्य भने पछि संयोजकले थप गर्नेछन् ।

उपसमितिले दूध, पानी, दाल, चामल, तेल, औषधिलगायतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, कार्टेील्ङ, सिन्डिकेट, गुणस्तरलगायतको अनुगमन गरी एक महिना भित्र बजार अनुगमन प्रतिवेदन बुझाउने छ ।

  •  
  •  
  •  
  •  
  •