राष्ट्रपतिद्वारा १३औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार साँझ उद्घाटन गरिएको काठमाडौंको त्रिपुरेश्वरस्थित रंगशाला (साग)को एकझलक ।

१५ मंसिर ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन भएको घोषणा गरिन् ।

आइतबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले १३ औं सागको उद्घाटन भएको घोषणा गरेकी हुन् ।

आइतबार साँझ ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ अगाडिको दृष्य ।

उद्घाटन समारोहको स्वागत नाचमा सहभागी देशका झण्डा र सागमा समावेश खेलको एनिमेसन प्रस्तुत गरिएको थियो ।

यस्तै कुन्ति मोक्तान, आनन्द कार्की, ईन्दिरा जोशी, सत्यराज आचार्य र मिलन नेवाले साग गीत प्रस्तुत गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार साँझ उद्घाटन गरिएको काठमाडौंको त्रिपुरेश्वरस्थित रंगशाला (साग)को एकझलक ।

राष्ट्रपतिको आगमनसँगै मार्चपासबाट शुरु भएको समारोहमा नेपाली मौलिक संस्कृति झल्कने बिभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो ।

नेपालबाटै सन् १९८४ मा शुरु भएको साग, आठौं संस्करण सन् १९९९ मा र १३औं संस्करण २०१९ मा गरी तेस्रो पटक आयोजना गर्ने अवसर प्राप्त नेपालले सागका खेलहरू यसपटक ३ शहरको २९ वटा खेल–स्थलमा गराउँदैछ ।

  •  
  •  
  •  
  •  
  •