सागका कारण शनिबार पनि विभिन्न रुट अवरुद्ध हुने

२० मंसिर ०७६, काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुदका कारण शनिबार पनि विभिन्न रुट अवरुद्ध हुने भएको छ ।

शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म सागको म्याराथन दौड प्रतियोगिताका सञ्चालन हुने भएकाले सो समयमा सम्बन्धित रुटमा सवारी अवरूद्ध हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

टेकु–कालिमाटी–कलंकी–बल्खु–सातदोबाटो–कोटेश्वर–सल्लाघारी–सूर्यविनायक हुँदै पुनः सल्लाघारी–कोटेश्वर–नयाँबानेश्वर–माइतीघर–सिंहदरबार–भद्रकाली–वीर अस्पताल–जमल–लौनचौर–उत्तर ढोका–नागपोखरी–जयनेपाल हल–संग्राहलय दक्षिण गेट–घण्टाघर–भद्रकाली–नागस्थान हुँदै रंगशालासम्म प्रतियोगिता हुने महाशाखाले सूचनामा जानकारी दिएको छ ।

शुक्रबार १३ साग अन्र्तगत साइक्लिङका खेल सञ्चालन भएकाले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कलंकीदेखि सातदोवाटो, हुँदै सूर्यसिवनायकसम्मको सडकमा सवारी अवरुद्ध भएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यावश्यक सवारीबाहेक अन्य सवारी नचलाउन समेत अनुरोध गरेको छ ।

  •  
  •  
  •  
  •  
  •