साग पौडीमा गौरिकालाई अर्को स्वर्ण

२० मंसिर ०७६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण जितेकी छिन् ।

शुक्रबार सातदोबाटो अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको २ सय मिटर ब्याक स्ट्रोकमा गौरिकाले अर्को स्वर्ण जितेकी हुन् । प्रतियोगितमा भारतले रजत र श्रीलंकाले कास्य जितेका छन् ।

बिहीबार उनले महिला दुई सय मिटर फ्रि–स्टाइल एकल पौडीमा भारतीय खेलाडी सुभांगी शर्मालाई पछि पार्दै  पहिलो ऐतिहासिक स्वर्ण जितेकी थिइन् ।

 

  •  
  •  
  •  
  •  
  •