नेपालले बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश

२२ मंसिर ०७६, काठमाडौं । नेपालले बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले हराउँदै नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालका कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले ११ औं मिनेटमा गोल गरेपछि अग्रता लिएको थियो ।

पहिलो हाफमा नेपालले केही अवसर पाए पनि गोलमा परिणत गर्न नसकेपनि दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेलेको थियो ।

अब नेपाल फाइनलमा भुटानसँग खेल्ने छ । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो ।

  •  
  •  
  •  
  •  
  •