स्वर्ण पदकमा नेपालको नयाँ रेकर्ड

काठमाडौं । नेपालले १३औँ  दक्षिण एशियाली खेलकुद (साग)को कूल ३ सय १६ स्वर्ण पदक मध्ये ५१ स्वर्ण पदकमा विजय गर्दै यस अघिको पदक तालिकाको रेकर्ड तोडेको छ ।

यसअघि कुल ३१ स्वर्ण मात्र जितको नेपालले १३औं संस्करणमा भने ५१ वटा स्वर्ण पदक जितेर नयाँ रेकर्ड कायम गरेको हो ।

१३औँ दक्षिण एशियाली खेलकुद (साग)को कूल ३ सय १६ स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएको थियो । नेपालले सबैभन्दा बढी तेक्वान्दो र कराँतेमा स्वर्ण जितेको थियो ।

नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडीको नामावली :

कराँते
१. एकल काता : मण्डेकाजी श्रेष्ठ
२. टिम काता, पुरुष : मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३. टिम काता, महिला : निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४. ५५ केजी कुमुते : लक्ष्मण तामाङ
५. ८४ केजीमाथि : विप्लवलाल श्रेष्ठ
६. ४५ केजी मुनी : कुसुम खड्का
७ ५० केजी मूनि : अनु अधिकारी
८. ६७ केजी : नवीन रसाइली
९. ६८ केजी : सुनिता महर्जन
१०. ६८ केजी : अनुपमा मगर

ट्रायथलन
१. सोनी गुरुङ
२. हिमाल टमाटा

उसु
१. थाउलो : विजय सिन्जाली
२ थाउलो : सुस्मिता तामाङ
३. थाउलो : दीपक हमाल
४. थाउलो नान्दौ : निमा घर्तीमगर
५. सान्डा सान्सो : जुनी राई

एथलेटिक्स
१. १० हजार मिटर : सन्तोषी श्रेष्ठ
२. ५ हजार मिटर : गोपीचन्द्र पार्की
३. म्याराथन : किरण सिंह बोगटी

साइक्लिङ
१. डाउनहिल : राजेश मगर
२. डाउनहिल : निश्मा श्रेष्ठ
३. क्रस कन्ट्री : लक्ष्मी मगर
४. क्रस कन्ट्री : वुद्धिबहादुर तामाङ

बक्सिङ
१. पुरुष ६० केजी : सनिल शाही
२. महिला ४८ केजी : मिनु गुरुङ
३. पुरुष ६४ केजी : भुपेन्द्र थापा मगर

पौडी
१. २ सय मिटर फ्रिस्टाइल : गौरिका सिंह
२. ४ सय मिटर फ्रिस्टाइल : गौरिका सिंह
३. २ सय मिटर ब्याकस्ट्रोक : गौरिका सिंह
४. १०० मिटर फ्रिस्टाइल : गौरिका सिंह

भारोत्तोलन
१. ५९ केजी : सन्जु चौधरी
२. पुरुष ८९ केजी तौल : विकास थापा

जुडो
१. महिला ७८ केजीमुनि : पुनम श्रेष्ठ
२. महिला ५२ केजी मुनि : देविका खड्का

गल्फ
१. पुरुष एकल : सुवास तामाङ
२. पुरुष टिम इभेन्ट्स : सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की, निरज तामाङ

फुटबल
१. पुरुष फुटबल

कुस्ती
१. ५५ केजी तौल समूह : संगीता धामी

  •  
  •  
  •  
  •  
  •