जमिन फिर्ता गर्ने विषयमा धेरै अघि बढी सक्यौँ, पछि हट्दैनौं – भूमि व्यवस्था मन्त्री

१ पुस ०७६, लमजुङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न सरकारले कूटनीतिक माध्यमबाट पहल लिएको बताएकी छन् ।

प्रेस सङ्गठन नेपाल, लमजुङ शाखाले मंगलबार बेशीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

सरकारले आफ्नो धारणा सार्वजनिक रुपमै व्यक्त गरिसकेको भन्दै मन्त्री अर्यालले भनिन्, ‘सरकारले सर्वदलीय र सर्वपक्षीय बैठक गरेर राष्ट्रिय कार्यसूची बनायो, वार्ताका लागि तिथिमिति तोकेरै पत्र पठायौँ तर उता (भारत)बाट जवाफ आएको छैन् ।

उनले वार्ताको टेबुलमा बसेको दिन नेपाली भूमि फिर्ता हुने भएर भारतले वार्ताका तिथि तोक्न ढिलाइ गरिरहेको समेत बताइन् ।

भूमि अतिक्रमण पहिलेका सरकारले फिर्ता गर्न किन पहल गरेन भनेर वर्तमान सरकार पछि नहट्ने भन्दै मन्त्री अर्यालले भनिन्, ‘जमिन फिर्ता गर्ने विषयमा धेरै अघि बढी सक्यौँ, पछि हट्दैनौँ ।’

उनले सरकारको ध्यान नयाँ नेपाली नक्सा सार्वजनिक गर्नभन्दा पनि ठूलो कुरा अतिक्रमण भूमि फिर्ता गर्नु भएकाले त्यसतर्फ केन्द्रित रहेको बताइन् ।

  •  
  •  
  •  
  •  
  •