९ पुस ०७६, काठाडौं । घरेलु तथा साना उद्योग कार्यालय मलंगवा सर्लाहीमा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेेेेेकाे छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले दिएको जानकारीअनुसार उद्योग दर्ताका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ७० हजार घुस लिइसकेको अवस्थामा कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएकाे हाे ।
लेखा अधिकृत ८ हजार ५ सय घुससहित पक्राउ
यस्तै आयोगले पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीलाई ८ हजार ५ सय रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
अख्तियारका प्रवक्ता कोइरालाले कार्कीलाई सेवाग्राहीसँग कार्यालयको सूचनालाई पत्रिकामा विज्ञापन प्रकाशित गरेबापतको भुक्तानी दिने रकमबाट घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए ।