नेकपा अध्यक्ष प्रचण्डद्वारा निर्माणाधीन क्रिकेट रङ्गशालाको अवलोकन

११ पुस ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशालाको स्थलगत अवलोकन गरेका छन् ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन  रंगशालाको काम के क कसरी अगाडि बढिरहेको होला भन्ने आफुलाई खुल्दुली लागेकाले आयोजना निर्माण स्थलमै पुगेर आफूले अवलोकन गरेको बताए ।

शुक्रबार स्थलगत अवलोकनपछि अध्यक्ष प्रचण्डले  धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) सँग रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ समयमै र गुणस्तिरीय निर्माण गर्न सुझाव दिएका छन् । उनले यो राष्टिय गौरवको आयोजना भएकाले यसलाई सफल बनाउन सम्पूर्ण नेपालीको दायित्व भएकाले निर्माणको लागि पार्टी र सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

अध्यक्ष प्रचण्डले  रंगशाला निर्माणका लागि ७७ वटै जिल्लामा सहयोग समिति गठन गरेर अगाडि बढ्न आग्रह गर्दै फाउन्डेसनका अध्यक्ष धुर्मुसलाई भने– ‘यो राष्ट्रको आयोजना हो, यसमा हामी सबैसंगै छौं । निर्माणमा आफ्नो पार्टी र सरकारको तर्फबाट सबै प्रकारको सहयोग हुने पुनः प्रतिबद्धता ब्यक्त गर्दछु ।’

  •  
  •  
  •  
  •  
  •