दोलखामा ‘किवी एक्स्पो २०७६’ सञ्चालन हुने

१५ पुस ०७६, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भसँगै दोलखामा ‘किवी एक्स्पो २०७६’ सञ्चालन हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० पूर्वसन्ध्यामा प्रदेश नं. ३ सरकारको आयोजनामा भ्रमणमा रहेका पत्रकारहरूको टोलीसँगको छलफलमा जिल्ला समन्वय समिति दाोलखाका प्रमुख डबल पाण्डेले सो कुरा बताएका हुन् ।

प्रमुख पाण्डेले प्रधानमन्त्री कृषि आधुनिकरण कार्यालय, कृषि ज्ञानकेन्द्र, भिमेश्वर नगरपालिका र जिल्ला समन्वय समितिको संयक्त पहलमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भमा ‘किवी एक्स्पो २०७६’ राख्ने तैयारी भएको जानकारी गराए ।

दोलखा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत किवी जोनमा पर्ने र अहिले दोलखाका ६ पालिकाका २२ वडामा किवी खेती सुरु भइसकेको बताउँदै उनले भने– ‘अहिले किवी टिप्ने र बिक्री वितरण गर्ने उपयुक्त समय पनि भएकाले सदरमुकाम नै ‘किवी एक्स्पो २०७६’ सञ्चालन गर्न लागेको छौं ।’

दिउसोँ सदुमुकाममा किवी एक्स्पो गर्ने र बेलुका सबै बजार क्षेत्र, प्रमुख होटेल क्षेत्र चरिघ्याङलगायतका क्षेत्रमा नेपाल भ्रमण वर्ष २०२० लाई दिपावली गरेर भव्य रुपमा शुभारम्भ गर्ने होटेल व्यावसायी पनि तयारीमा रहेको प्रमुख पाण्डेले बताए ।

त्यसैगरी, जनवरी १ कै दिन जिल्लामा भएका सबै धार्मिक स्थलहरु, महत्वपूर्ण बजार चरिकोट, सिगटी, जिरी, मैनापोखरी, वैदेश्वर लगायतका बजार क्षेत्रमा एकै साथ सरसफाई अभियान पनि सञ्चालन गर्ने उनले बताए ।

यसैगरी पर्यटन भ्रमण वर्षमा धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन जिल्ला समन्वय समितिकोको संयोजकत्वमा सबै गाउँपालिकाका प्रमुखहरु, संघका कार्यालयहरु, प्रदेश कार्यालयहरु र स्थानीय तह सबैलाई समेटेर ९१ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० मुल समारोह समिति बनाएर अगाडि बढेको बताए ।

  •  
  •  
  •  
  •  
  •