पाँच प्रकृतिका डाँकाले देशको स्वाभिमान डकैत गरिरहेको ज्ञवालीको भनाई

१७ पुस ०७६, काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले नेपालमा पाँच प्रकृतिका डाँकाले देशको स्वाभिमान निरन्तर डकैत गरिरहेको बताएका छन् ।

बिहीबार समाजिक सञ्जाल फेसबुकमा ज्ञवालीले पाँच प्रकृतिका डाँकाहरुले देश र देशको स्वाभिमान निरन्तर डकैत गरिरहेको बताएका हुन् ।

राजनीतिककर्मीहरू रातरात घरजग्गा र बंगलाका मालिक बन्न थालेको साथै नेपाल सरकारका कर्मचारीदेखि प्रहरी कर्मचारी घुसकाण्डमा पक्राउ पर्न थालेपछि ज्ञवालीले सामाजिक सञ्जालमै आक्रोश व्यक्त गरेका हुन् ।

उनले वालमा दुष्ट, भ्रष्ट, देशद्रोही, अनैतिक, व्यक्तिवादी, नालायक, अवसरवादी, बेइमान र विदेशीका दलालहरूका अर्थमा पाँच प्रकृतिका डाँका नेपालमा रहेको बताएका छन् ।

“ती डाँका हुन् नं. १ : राजनीतिक डाँका, नं. २ : कर्मचारी डाँका, नं. ३: प्रहरी डाँका, नं. ४ : अदालती डाँका, नं. ५ : मिडिया डाँका । यसको अर्थ सबै, शतप्रतिशत भन्ने होइन् । जो दुष्ट, भ्रष्ट, देशद्रोही, अनैतिक, व्यक्तिवादी, नालायक, अवसरवादी, बेइमान र विदेशीका दलाल छन्, तिनको अर्थमा” उनले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

  •  
  •  
  •  
  •  
  •