आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्नुपर्छ – चिनियाँ राजदुत यान्की

१८ पुस ०७६, काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत होउ यान्कीले त्रिदेशीय सहकार्यको अवधारणाबारे स्पष्ट पारेकी छन् ।

नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने भन्दै शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राजदुत यान्कीले त्रिदेशीय सहकार्यको विषयमा २ जोड १ को अवधारणाबारे प्रष्ट पारेकी हुन् ।

अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको बताउँदै राजदूत यान्कीले भनिन्, “दुई जोड एक, भनेको सबै देश समान हुन् । यो त्रिदेशीय सहकार्यको अवधारणा हो । चीन र भारतले नेपाललाई डिक्टेट गर्ने भन्ने होइन ।”

राजदुत यान्कीले नेपालले कसैको दबाबमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्ने भन्दै अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी)बाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने बताइन् ।

उनले भनिन्, “नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन, आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्नुपर्छ ।’

नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुको विषयमा स्पष्ट पार्दै राजदुत यानकीले पर्यटक भिसामा नेपाल आएर गैरपर्यटकीय कार्य गरेकाहरुलाई नेपाल प्रहरीले समातेको र उनीहरु अहिलेसम्म हिरासतमै रहेको बताइन् ।

  •  
  •  
  •  
  •  
  •