प्रदेश ३ का कानूनमन्त्री जम्कट्टेलद्वारा भूमिहीनलाई लालपुर्जा वितरण

धादिङ । प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले धादिङ बेनीघाट–९, मझिमटारका भूमिहीन भुकम्प पीडितहरुलाई लालपुर्जा वितरण गरेका छन् ।

मन्त्री जक्ट्टेलले लालुपुर्जा नभएर आवास निर्माण गर्न नपाएका जिल्लाका ८४ भूमिहीन भुकम्प पीडित परिवारलाई लालपुर्जा वितरण गरेका हुन् ।

जिल्लाका ८४ परिवार भूमिहीन मध्ये ३८ घरधुरीलाई राष्ट्रिय पुनर्निर्माण प्रााधिकरणले र बाँकी ४६ घरधुरीलाई उनीहरुले जोतभोग गर्दै आएको ऐलानी जग्गाको लालपुर्जा मंगलबार प्रदान गरिएको हो ।

प्राधिकरणका आयोजना प्रमुख जयराम श्रेष्ठले ४ आनाका दरले ३८ परिवारलाई श्रीमान श्रीमतीको नाममा संयुक्त नाममा जग्गा खरिद गरिएको बताए ।

लालपुर्जा पाउने भूमिहीन परिवारहरु विपन्न चेपाङ, दलित र एकल महिलाहरु रहेका छन् । यद्यपि, जिल्लामा अझै भूमिहीन भूकम्प पीडितहरु रहेका छन् ।

लालपुर्जा पाएसँगै जिल्लाका ८४ परिवारलाई आवास निर्माणको बाटो खुलेको छ ।

  •  
  •  
  •  
  •  
  •