सरकार र उखु किसानबीच पाँच बुँदे सहमति

१८ पुस ०७६, काठमाडौं । नेपाल सरकार र उखु किसानबीच पाँच बुँदे सहमति भएको छ ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा पाँचबुँदे सहमति भएको हो ।

सहमति भएसँगै उखु किसान संघर्ष समितिकाे आन्दोलनकाे सबै कार्यक्रम स्थगित भएको छ ।

सहमतिमा चिनी मिल सञ्चालकहरुले सरकारले तोकेको मूल्य दिने, किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने उल्लेख गरिएको छ ।

यसैगरी भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्य अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन अर्थ र कृषिलाई लेखेर पठाउने सहमति भएको छ ।

  •  
  •  
  •  
  •  
  •