अष्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रण बाहिरै

सिड्नी । अष्ट्रेलियामा फैलिएको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् ।

प्रधानमन्त्री स्कट मोरिसनले करिब ३ हजार जल तथा वायु सैनिक परिचालन गरेको बताए पनि डढेलो अहिलेसम्म नियन्त्रण बाहिरै रहेको छ ।

डढेलोले मानिसहरु हताहत भएका छन् भने विस्थापितहरुका लागि नागरिक पहल सुरु भएको छ ।

उक्त डढेलोबाट करिब ५० करोडभन्दा बढी वन्यजन्तुको मृत्यु भएको हुनसक्ने बताइएको छ भने सरकारले पछिल्ला केही दिनमा करिब १० हजार घरहरु डढेलोबाट बचाएको खबरहरू पनि आइरहेका छन् ।

आगो निभाउन न्यू साउथ बेल्स, भिक्टोरिया, कुइन्स् ल्याण्ड, साउथ अस्ट्रेलिया र तास्मानिया राज्यमा हजारौं अग्नि नियन्त्रकहरुले प्रयास जारी राखेका छन् ।

उक्त डढेलोले सबैभन्दा बढी न्यु साउथ बेल्समा नोक्सानी पु¥याएको बताइएको छ ।

अष्ट्रेलिया सरकारले पुनस्र्थापनाका दुई अर्ब अस्ट्रेलियन डलर छुट्याएको छ भने अमेरिका, क्यानाडा, न्युजील्याण्ड र सिंगापुरले दक्ष अग्नि नियन्त्रकहरु, हवाईजहाज, राहतका साथै पुनस्र्थापनाका सामग्रीहरु पठाएका छन् ।

लामोसमयदेखि डढेलो नियन्त्रणमा नआउँदा डढेलो प्रभावित क्षेत्रमा बस्ने नेपाली परिवारहरु जोखिम र सन्त्रासमा रहेको तर अहिलेसम्म ठूला समस्यामा नपरेको बताइएको छ । डढेलोको नियन्त्रणका लागि अष्ट्रेलिया सरकारले सबै प्रयास जारी राखेको भिक्टोरियाका लागि नेपाली महावाणिज्यदुत चन्द्र योञ्जनले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •