मालपोत कार्यालय साँखुमा कार्यरत नासु र लेखापढी व्यवसायी २ हजार घुससहित पक्राउ

२२ पुस ०७६, काठमाडौं । मालपोत कार्यालय साँखुमा कार्यरत नायव सुब्बा र लेखापढी व्यवसायी दुई हजार घुससहित पक्राउ परेका छन् ।

मालपोत कार्यालय साँखुमा कार्यरत नायव सुब्बा रामेश्वर कुइकेलले लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरेबापत लिएको उक्त रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालकोे टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई उक्त रकमसहित मालपोत कार्यालय साँखु परिसरबाटै सोमबार पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •