आजदेखि श्रीस्वस्थानी ब्रतकथा सुरु

२५ पुस ०७६, काठमाडौं । आजदेखि श्रीस्वस्थानी ब्रतकथा सुरुभएको छ ।

हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हिन्दु धर्मावलम्बीको घरमा स्वस्थानी ब्रतकथा भन्ने र सुन्ने परम्पराअनुसार आजदेखि स्वस्थानी सुरुभएको हो ।

श्रीस्वस्थानीको ब्रत बस्दा, कथा भन्दा र सुन्दाको मनले चाहेको पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

पुस शुक्ल पूर्णिमाका दिनदेखि नै काठमाडौंको शालीनदीमा मेला सुरु भएको छ ।

काठमाडौं उपत्यकाबाट उत्तर–पूर्वमा रहेको नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा एक महिनासम्म पूजा तथा स्नान गर्ने, स्वस्थानीको ब्रत र उपासना गर्नेको भिड हुन्छ । हिन्दु धर्माबलम्बीले स्वस्थानी ब्रतलाई विशेष पर्वका रुपमा मान्दै आइरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •