राजविराजमा विभिन्न रोग परीक्षण गर्ने डाईग्नोस्टिक सेन्टर सञ्चालनमा

२७ पुस ०७६, सप्तरी । राजविराजमा क्यान्सरदेखि विभिन्न रोगको परीक्षण गर्न डाईग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ ।

करिब ६० लाखको लागतमा अत्याधुनिक प्रविधिसहितको डाईग्नोस्टिक सेन्टर सञ्चालनमा आएपछि क्यान्सर लगायत अन्य जटिल रोगको पहिचान अब राजविराजमै सम्भव हुने भएको छ ।

राजविराजमा पहिलो पटक अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित मेसिन र उपकरणबाट एकै थलोमा क्यान्सर र अन्य सबै प्रकारका रोग पत्ता लगाउने परिक्षण सुरु भएपछि यहाका नागरिकले क्यान्सर, अन्य जटिल तथा सामान्य रोग पत्ता लगाउन समेत अब अन्यत्र जानु नपर्ने भएको छ ।

डाईग्नोस्टिक परीक्षणका कमजोरीका कारण बिरामी र तीनका आफन्तले पाउने दुःख, गुमाउने समय र रकमका राथै राम्रा डाक्टरहरु समेत बदनाम हुने समस्यालाई निराकरण गर्न यति ठूलो लगानीमा सिटी सन्राईज डाईग्नोस्टिक सेन्टर प्रालि सञ्चालनमा ल्याईएको सेन्टरका ईन्चार्ज विरेन्द्र कुमार दासले जानकारी दिए ।

फुलि एटोमेटिक ईलोक्ट्रोलाईट एनलाईजर, एटोमेटिक सिविसि एनलाईजर, प्रोटोन एनलाईजर वायोकेमेस्टिक एनलाईजर, एफएनसि प्रविधि तथा डिजिटल एक्सरे लगायतका उपकरण र मेसिनका माध्यमले जटिलदेखि सामान्य प्रकृतिका रोग पत्ता लगाउने गरिएको उनको भनाई छ ।

राजविराजबाट प्रदान गरिने यो सेवा सञ्चालनका लागि प्रयोगमा ल्याईएको यस्ता उपकरण, मेसिन र प्रविधि सप्तरी र सिराहामै पहिलो भएको बताउँदै उनले सेन्टरमा चर्चित कल्सन्डेन्ट प्याथोलोजिस्ट डा प्रवेश चौधरीले स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए ।

सेन्टरमा क्यान्सरका सम्पूर्ण जाँचका साथै ग्ल्यान्डटिवि, थाईराईड, ईएसआर, युरिनआरई, सेमेनएनालाईसिस, एलर्जि स्किन, एचविएआईसि फरडाईवेटर, मोनिटरिङ लगायत सबै प्रकारका रोगको परीक्षण हुने सेन्टरले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •