२९८ औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना सन्देश

२७ पुस ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको २९८औँ जन्म जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेकी छिन् ।

आइतबार पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपतिले शुभकामना सन्देशमा नेपाली समाज सांस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात गर्दै यहाँको अमूल्य सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गरेकोमा प्रशंसा गरेकी छिन् ।

सन्देशमा उनले जनचाहनालाई सर्वोपरि ठान्ने पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोणहरू मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएको बताएकी छिन् ।

  •  
  •  
  •  
  •  
  •