पोर्चुगलमा छालले बगाएर धादिङका दुई दाजुभाइको मृत्यु

२९ पुस ०७६, लस्वन । पोर्चुगल समुद्री किनारमा छालले बगाएर धादिङ निवासी दुई नेपालीको मृत्यु भएको छ ।

धादिङ घर भएका श्याम वाइवा तामाङ र कमल वाइवा तामाङलाई माछा मार्न गएका समुन्द्री छालले बगाएर मृत्यु भएको हो ।

नौ महिनाअघि पोर्चुगल पुगेका दाजुभाइ पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका बेला समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए ।

तामाङ समाज पोर्चुगलका अध्यक्ष सुनिता ब्लोनका अनुसार पोर्चुगलमा रेष्टुरेण्ट व्यवसाय गर्दै आइरहेका ती दाजुभाइको अन्त्येष्टि पोर्चुगलमा गर्ने कि नेपाल पठाउने भन्ने  निश्चित भइसकेको छैन् ।

  •  
  •  
  •  
  •  
  •