आबुधाबीमा बस दुर्घट्ना, ५ जनाको मृत्यु

युएई । संयुक्त अरब इमिरेट्स (युएई)को आबुधाबीमा कामदार बोकेको बस दुर्घट्ना हुँदा दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

आबुधाबीको अल रहा भन्ने स्थानमा स्थानीय समयअनुसार बिहीबार बिहान ५.३० बजे कामदार सवार बस दुर्घटना भएको हो ।

एमबीएम कम्पनीका कामदार बोकेको बसमा २४ जना मध्ये १८ जना नेपाली र अन्य ६ जना श्रीलंका लगायत अफ्रिकी मुुलुकका महिला कामदार रहेको कम्पनीले जनाएको छ । उनीहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने मत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको बताइएको छ ।

दुर्घटनामा परेका नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल श्रम काउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी उपचाररत अस्पताल पुगेको बताइएको छ ।

घाइतेहरुको मफरक अस्पताल, खलिफा सिटीमा रहेको एनएमसी अस्पताल र अल रहा अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •