राष्ट्रपति भण्डारी र जापानी उपमन्त्री नोरिहातोबीच शिष्टाचार भेटवार्ता

३ माघ ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

 

  •  
  •  
  •  
  •  
  •