सत्य निरुपणमा भट्ट र बेपत्ता छानबिन आयोगमा सुवेदीको नाम सिफारिस

४ माघ ०७६, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष तथा सदस्यहरुको नाम समितिले सिफारिस गरेको छ ।

शनिबार पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गरेको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको सदस्यमा प्रचण्डमान श्रेष्ठ, गोबिन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ ।

त्यसैगरी वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिलरञ्जन सिंह, गंगाधर अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।

सरकारले दुबै आयोगका पदाधिकारीहरु सिफारिस गर्न गत चैतमा नै मिश्रको नेतृत्वमा समिति बनाएको थियो ।

  •  
  •  
  •  
  •  
  •