उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा

६ माघ ०७६, काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छिन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् ।

लगतै उनले राजीनामा पत्र संसद सचिवालयमा दर्ता गराएकी छिन् ।

  •  
  •  
  •  
  •  
  •