सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता

७ माघ ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपाले सापकोटालाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेसँगै संसद् सचिवालयले प्रक्रिया थालेको हो ।सभामुख निर्वाचनमा कांग्रेस सहभागी नहुने निणर्यसँग सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ ।

यौन दुव्र्यवहारको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महराले असोजमा राजीनामा दिएपछि उक्त पद खाली थियो ।

त्यसैगरी शिवमाया तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएपछि यो पद पनि रिक्त छ । यसको निर्वाचन प्रक्रिया भने माघ १२ पछि मात्रै सुरु हुनेछ ।

  •  
  •  
  •  
  •  
  •