जिल्ला प्रशासन कार्यालयका कर्मचारी ४ हजार घुससहित पक्राउ

९ माघ ०७६, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले कार्यालय सहयोगी केशवकुमार यादवलाई चार हजार रकमसहित पक्राउ गरेको हो ।

करारमा कार्यरत रहेका यादवले अभद्र व्यवहार मुद्दा पेशीमा मिलाइ दिन्छु भन्दै सेवाग्राहीलाइ रकम माग गरेको सूचनाका आधारमा उनलाई मुद्दा फाँटबाटै रङ्गेहात पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •