प्रदेशसभा सदस्य राजीव गुरुङ पक्राउ

९ माघ ०७६, काठमाडौ । गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङ्गेलाई पक्राउ गर्न अनुमति दिए लगत्तै प्रहरीले उनलाई लेकसाइडबाट पक्राउ गरेको हो ।

उनलाई पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट सादा पोशाकमा खटिएका प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।

सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङ्गेलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

  •  
  •  
  •  
  •  
  •