१० माघ ०७६, काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेविरुद्ध अनुसन्धानका लागि प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
उनलाई जिल्ला प्रशासन कार्यालय, कास्कीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
त्यसैगरी, मनाङ्गेविरुद्ध उजुरी दिएका जिल्ला फुटवल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई बैंकिङ कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
उनलाई ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा आधारमा पक्राउ गरी थप अनुसन्धानल भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए ।