सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

१० माघ ०७६, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका नेकपा नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

आइतबार अधिवक्ता दिनेश त्रिपाठीले व्यक्ति हत्यामा मुछिएका सापकोटालाई सभामुख बनाउन नहुने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनले रिटमा सापकोटालाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, उनलाई पक्राउ गर्न, उक्त मुद्दाको अनुसन्धानका लागि विशेष कमिटी गठन गर्न माग गरेका छन् ।

सापकोटामाथि द्वन्द्वकालीन युद्धका बेला २०६२ वैशाख १६ गते काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप छ ।

  •  
  •  
  •  
  •  
  •