छिट्टै बोल्छु, कृषि कर्ममा लागेकालाई निराश नहुने गरी बोल्छु – कृषि तथा पशुपन्छी विकासमन्त्री

१४ माघ ०७६, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि कर्ममा लागेकाहरूलाई निराश नगराउने बताएका छन् ।

मन्त्री भुसालले कृषि क्षेत्रका विद्यमान समस्या र भावी दिनमा मन्त्रालयले गर्नुपर्ने कामबारे मंगलबार सञ्चारकर्मीहरूसँगको छलफलमा यस्तो बताएका हुन् ।

नतिजा देखिने गरी आफूले छिट्टै सार्वजनिक रूपमा बोल्ने बताउँदै मन्त्री भुसालले मन्त्रालय सम्हालेपछि आफू सिक्ने र जान्ने क्रममै रहेको बताए ।

‘म बोल्छु, छिट्टै बोल्छु कृषि कर्ममा लागेका कसैलाई पनि निराश नहुने गरी बोल्छु’ उनले भने ।

समाचारको लागि अहिले दिने कुनै विषय आफुसँग नभएको भन्दै मन्त्री भुसालले भने, ‘तपाईहरुले मबाट अपेक्षा गर्नुभएको छ तर आज दिने कुरा केही छैन ।’

उक्त छलफलमा मन्त्रालयसँग सरोकार राख्ने विभिन्न पक्षसँग छलफल गर्ने क्रममा सञ्चारकर्मीहरूको कुरा सुन्न चाहेको उनले बताए ।

  •  
  •  
  •  
  •  
  •