एमसीसीले देशलाई युद्धभूमि बनाउने श्रेष्ठको भनाई

१७ माघ ०७६, काठमाडौँ । गुठी विधयेक विरुद्ध एकीकृत आन्दोलनका संयोजक डा.महेशमान श्रेष्ठले मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) इण्डो प्यासिफिक स्ट्राटेजी भएको बताएका छन् ।

राजधानीमा बिहीबार एमसीसी सम्बन्धी भएको एक छलफलका क्रममा श्रेष्ठले यस्तो बताएका हुन् ।

मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) अमेरिकी सुरक्षाको लागि आएको भन्दै श्रेष्ठले भने, ‘हो भने पनि होइन भने पनि यो अमेरिकी सुरक्षासँग गाँसिएकै कुरा हो, ५० करोड अमेरिकी डलरको बल्छी भित्र्यायौं भने पछि हुने भनेको चीन र अमेरिकाको युद्धस्थल हुने नै हो ।’

नेपाल सरकारको विषयमा जरामा गएर अध्ययन गर्ने हो भने बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक देश भए पनि सरकार एकल जातीय भएको आरोप पनि लगाउँदै श्रेष्ठले भने, ‘मुख्य ठूला दलको नीति जातिवादी छ किनभने यहाँका आदिवासी/जनजाति मधेशीहरूलाई विभेदमा पारी राखेको छ, जातिवादी सरकारको कारणले यहाँ राष्ट्रघाती कामहरू भइरहेको छ, हुन लागिरहेको छ ।’

एमसीसीले देशलाई युद्धभूमिमा लैजाने भएकाले यसलाई रोक्नु पर्नेमा डा.श्रेष्ठले जोड दिए ।

भिडियोसहित

  •  
  •  
  •  
  •  
  •