सामाजिक सुरक्षामा सूचीकरण हुन कोही नछुटौं – अखिल नेपाल स्वास्थ्य श्रमिक संघ

१८ माघ ०७६, काठमाडौं । “श्रमिक, रोजगारदाता र सरकार सबै पक्ष जुटौं, सामाजिक सुरक्षामा सूचीकरण हुन कोही नछुटौं” भन्ने मूल नाराका साथ अखिल नेपाल स्वास्थ्य श्रमिक संघको बागमती प्रदेश भेला सम्पन्न भएको छ ।

शनिबार अन्टुफ कार्यालय पेरिसडाँडामा अन्टुफ उपाध्यक्ष उषा देवकोटाको प्रमुख आतिथ्यतामा स्वास्थ्य श्रमिक संघको बागमती प्रदेश भेला सम्पन्न भएको हो ।

भेलाले राजु कुमार मगरको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ । नवगठित कमिटीको उपाध्यक्ष जंग मगर (रामेछाप), संजिता पौडेल (चितवन), सचिव सिर्जना बगाले (काठमाडौं), सहसचिव प्रतिमा साह (काभ्रे), कोषाध्यक्ष नवीन पुडासैनी (भक्तपुर) साथै सदस्यहरू अमृत बुढाथोकी (दोलखा), गोकर्ण देवकोटा (सिन्धुली), सोम तिमल्सिना (ललितपुर), देवलक्ष्मी महर्जन (ललितपुर), बिमल कार्की (काठमाडौं), लिला बहादुर श्रेष्ठ (नुवाकोट), विष्णु रिजाल (धादिङ्ग) रहेका छन् ।

उक्त भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष एसबी थापा, कोषाध्यक्ष धनश्याम ठकुरी, बागमती प्रदेश अध्यक्ष पिताम्बर गिरी, अखिल नेपाल स्वास्थ्य श्रमिक संघकी अध्यक्ष निशा खरेल, अन्टुफ युवा कमिटीका अध्यक्ष राजेन्द्र न्यौपाने नेकपा ललितपुर जिल्ला पार्टी सदस्य नमिता शर्माको आतिथ्यता रहेको थियो ।

भेलाबाट निर्वाचित कमिटीलाई शुभकामना मन्तव्य राख्दै अन्टुफ उपाध्यक्ष उषा देवकोटाले सामाजिक सुरक्षाको सूचीकरण र यसका फाइदा बारेमा जानकारी गराइन् ।

यस्तै उपाध्यक्ष एसबी थापाले अन्टुफ–जिफन्ट एकताको सन्दर्भ र एमसीसीमा रहेका सकारात्मक तथा नकारात्मक विषयका बारेमा प्रकाश पारेका थिए ।

यसैगरी स्वास्थ्य श्रमिक संघकी केन्द्रीय अध्यक्ष निशा खरेलले स्वास्थ्य श्रमिकका बारेमा सांगठनिक निर्देशनसहित अबको स्वास्थ्य श्रमिकले खेल्नु पर्ने भूमिकाका विषयमा प्रष्ट पारेकी थिइन् ।

यसैगरी अन्टुफ कोषाध्यक्ष घनश्याम ठकुरीले श्रम ऐन र सामाजिक सुरक्षाका विषयमा साथै अन्टुफ युवाका अध्यक्ष राजेन्द्र न्यौपानेले महासंघमा युवाको भूमिकाका सवालमा मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको अध्यक्षता प्रकाश रानाले र स्वागत मन्तव्य इन्दिरा पाण्डेले राखेकी थिइन भने सञ्चालन राजु मगरले गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •